चितवन । तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन्। निकुञ्जले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा भेटिएको जानकारी दिएको छ।
करिब १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेको निकुञ्जले जानकारी दिएको हो। स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए। पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ।
मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो