काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन।
प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको हो । प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका हुन्। गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीसम्बन्धी अध्यादेशमा भएका प्रावधान परिमार्जन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
देशको अर्थतन्त्रमा राजनीतिक अस्थिरताले प्रतिकुल असर पारेको छ: प्रधानमन्त्री ओली
डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको महत्त्वपूर्ण विधा हो : प्रधानमन्त्री ओली
नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु