काठमाडौं । उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ।
क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकि दिएको हो।
उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ। जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लडन बिहिवार आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रिय कारागरवाट रिहा भएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दिपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन