हेटौडा । बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ । यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।
बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । दुवै उम्मेदवार अस्विकृत भए पछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित भएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समसामयिक १४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमती बैठक सम्पन्न