काठमाडौं । ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने ललितपुर चापागाउँ निवासी महेश खत्री पक्राउ परेका छन् ।
खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए ।
पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ । पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो ।
तर इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा २०६८ वैशाख १३ गते बम राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
एक सय ९५ किलो गाँजासहित पक्राउ
बाँकेबाट ६५ फरार प्रतिवादी पक्राउ
नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गरेको आरोपमा एक जना पक्राउ
अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
अवैध कपडा बोकेको रिक्सा र मोटरसाइकलसहित चालक पक्राउ