काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरेको छ । त्यसका लागि न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको बताए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जानकारी दिए । उनले सो ड्राफ्टको दफावार छलफल गरी आज सबै काम सक्न प्रयास गरिने बताए ।
बिहीबार नै यो विषयलाई टुंग्याउने भनिएपनि माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएपछि पर घकेलिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
कोशीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने
सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा, को-को बन्दैछन् मन्त्री ?
कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, आजै राजीनामा बुझाउने
बागमती सरकारमा एमाले सहभागी, थपलियाले लिए मन्त्रीको शपथ