न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी

सफल खबर संवाददाता

विहीबार, २१ पुस २०७९, ०८ : २३
न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी

काठमाडौं । सरकारको न्यूनतम् साझा कार्यक्रमलाई बिहीबार अन्तिम रुप दिने तयारी भएको छ । बुधबार बसेको सत्ता गठबन्धनको अनौपचारिक बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमलाई बिहीबारसम्ममा अअिन्तम रुप दिने समझदारी बनेको थियो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले साझा कार्यक्रमको ड्राफ्टलाई बिहीबारसम्ममा अन्तिम रुप दिनेगरी बैठकमा सहमति जुटेको  जानकारी दिए । जसअनुसार आज ड्राफ्टलाई अन्तिम रुप दिएर शुक्रबारसम्ममा न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्न सकिने उनको भनाइ छ । 

न्यूनतम् साझा कार्यक्रममा आम नागरिकसँग सरोकार राख्ने विषयलाई प्राथमिकता दिइने लामिछानेले बताए । यस्तै भ्रष्टाचार नियन्त्रण र नीतिगत कुराहरु पनि न्यूनतम् साझा कार्यक्रममा प्राथमिकताका साथ समेटिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस