एजेन्सी । उत्तर कोरियाले शनिबार कम्तिमा एउटा “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन् । प्योङयाङका पाँच ड्रोनहरू साझा सीमा पार र दक्षिणको हवाई क्षेत्रमा उडेको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग-यो’, दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले शनिबार भने । उक्त मिसाइल जापनी सागरमा खसेको बताइएको छ ।
कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ किनकि उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित हतियार परीक्षणहरूको अभूतपूर्व प्रदर्शन गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ ।
किमले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । किनभने उनको सत्तारुढ वर्कर्स पार्टी बैठकले वर्षको अन्त्यमा नीति तय गर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ पुस २०७९, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा
दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया
२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन