एजेन्सी । दक्षिण कोरियाले आफ्नो देश पुग्ने चिनियाँ नागरिकमा कडाइ थालेको समाचार छ । कोरोना महामारी बढ्न थालेपछि कोरियाले भिसा प्रतिबन्ध, परीक्षण र उडान सीमिततालगायतका कदम चालेको हो ।
अर्को वर्षको फेव्रुअरीसम्म चीनबाट दक्षिण कोरिया प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्ने पनि जनाइएको छ । प्रधानमन्त्री हान डक–सूले शुक्रबार भने, ‘चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदैछ।’
चिनियाँ यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४ घण्टाभित्र नेगेटिभ एन्टिजेन परीक्षण उपलब्ध गराउनु पर्ने पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ पुस २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला