काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै साहले आम जनता पार्टी गठनको घोषणा गरेका हुन्। उनी आफैँ अध्यक्ष रहेको पार्टीमा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटीसमेत गठन गरिएको छ।
पार्टीको संसदीय विभाग प्रमुखमा रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका किरण साह रहेका छन् भने संगठन विभाग प्रमुखमा कुन्दन कुशहवा छन् ।
यस्तै, प्रचारप्रसार विभाग प्रमुखमा चन्द्रभूषण साह, पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख रहेका छन् ।मन्त्री दिइए पुनः माउ पार्टी नेकपा माओवादी केन्द्रमै फर्किने तयारीमा रहेका भनिएका साहले बिहीबार पार्टी घोषणा गरेका हुन् । यसअघि मन्त्रीको माग गर्दै माओवादी जान लागेको चर्चा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने आजपाको निर्णय
प्रभु साह नेतृत्वको आजपाले गर्यो तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा