काठमाडौं । नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले भने, “अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।”
आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरुपले हेर्ने गरेको उनको भनाइ छ । “म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिए र अहिले सरकारमा बसेर विभिन्न क्षेत्रका सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ । त्यसको महसुस मैले पनि गरिरहेको छु ।” पौडेलले भने।
अहिले सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याएकाले समस्यालाई ठीक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै
अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाँदै
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै