काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो । अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए । उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो ।
सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य उपचार सामान्य बन्दै गएको छ । उनमा जलनको घाउ निको हुँदै गए पनि उच्च रक्तचापको समस्या भएकाले उनलाई थप केही दिन उपचार गराइने अस्पतालले जनाएको छ ।
मेयर आचार्यसँग हुने भेटघाट पनि सङ्क्रमण जोखिम कम गर्न बन्द गरिएको छ । उनको उपचारमा डा. प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल