काठमाडौं । कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन टुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वैकल्पिक गठबन्धन निर्माणको प्रयास भएको छ । वैकल्पिक गठबन्धन निर्माणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा विभिन्न दलका शीर्ष नेता सम्मिलित बैठक बसिरहेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् भने जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई ओलीसँग छलफल गरेर फर्किसकेका छन् । नयाँ सरकार गठनका लागि पार्टीभित्र संस्थागत निर्णय गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि प्रवक्ता मुकुल ढकाललाई लिएर बालकोट पुगेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनपनि केहीबेरअघि बालकोट पुगेर फर्किसकेका छन् । लिङ्देनले ओलीसँग भएको छलफलबारे पार्टीमा ब्रिफिङ गरिसकेका छन् ।
यसैबीच केहीबेर अघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् । बालकोटमा अहिले एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भइरहेको छ ।
नेताहरुका अनुसार एमाले–माओवादीसहितका नेताहरु बहुमत जुटाउन लागिपरेका छन् । बालकोटमा हाल पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ । जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण
बालकोट पुगे सीके राउत , ओलीसँग छलफल जारी