बालकोटमा दलहरुबीच छलफल सुरु

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, १४ : २७
बालकोटमा दलहरुबीच छलफल सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दलहरुबीच छलफल सुरु भएको छ ।भर्खरैबाट एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईबीच छलफल सुरु भएको हो ।

राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन भने ओलीसँग वार्ता गरेर निस्किएका छन् । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट पुगेका हुन्। 

छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् ।  माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् ।

सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट गरी १४४ सिटकाे हुन्छ । यसकारण एमालेसँग मिलेर  आजै सरकारकाे दावी गर्ने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस