काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि.का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार, ग्लोबल आइएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरुलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
ग्लोबल आइएमई बैंकको विशेष योजना, फोन पे क्यूआरमा आवद्ध मर्चेन्टलाई स्मार्टफोनको उपहार
विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो “ग्लोबल हाट बजार”
ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने