दोलखामा भिरबाट लडेर एक पुरुष बेपत्ता

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, २० : ०५
दोलखामा भिरबाट लडेर एक पुरुष बेपत्ता

चरीकोट । दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन् । बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले बताए । घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए ।

दुगड हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस