काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै रावलले गठबन्धनका शीर्ष नेताहरुबीचको सहमति अनुसार संघ र प्रदेश सरकार नेतृत्वको टुंगो लाग्ने भएपनि सुदूरपश्चिमा आफ्नो पार्टीको दाबी रहेको रावलले बताए ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका रावलले गठबन्धनकै नेतृत्वमा सरकार बनाउन जनता रहेको बताउँदै त्यहीअनुसार शिर्ष नेताहरुबीच सहमति हुने विश्वास गरे । “जनताको जनमत गठबन्धनकै नेतृत्वमा संघ र प्रदेशमा सरकार बनाउ भन्ने छ । यो कुरा शिर्ष नेताहरुले महशुस गर्नुभएको छ र हामीले पनि गरेका छौं । सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन कै सरकार बन्छ” उपाध्यक्ष रावलले भने ।
विधि मान्ने र नमान्ने शक्तिहरुबीच संघ र प्रदेश चुनावमा गठबन्धन भएको र जनताले विधि मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएको बताए । रावलले नेकपा एमालेको नेतृत्वमा बनेको चुनावी गठबन्धनलाई विधि र संविधान मिच्ने शक्ति भएको दाबी समेत गरे ।
त्यसैगरी आफ्नो पार्टीका अध्यक्ष प्रचण्डकै पहलमा प्रतिगमन परास्त भएको दाबी गर्दै रावलले अबको सरकार पनि प्रचण्डकै नेतृत्वमा हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १४ : ३२
लेखकबाट थप