डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा

शनिबार, १६ असार २०७५, १६ : १३
डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुपर्ने माग राख्दै जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडि शनिबारदेखि अनसन सुरु गरेका केसीलाई नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापाले जानकारी दिएका छन् । 

बुढाथापाका अनुसार निषेधित क्षेत्रमा अनसन बसेका कारण केसीलाई नियन्त्रणमा लिइएको हो ।  नियन्त्रणमा लिइएपछि अहिले जिल्ला प्रहरी प्रमुख डा. तपन दाहाल र डा. केसीबीच वार्ता भइरहेको छ । प्रशासनले केसीलाई निषेधित क्षेत्रभन्दा बाहिर अनसन बस्न आग्रग गरेको छ । 

प्रतिक्रिया दिनुहोस