काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् ।आइतबार संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै महासचिव गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुने बताएका छन ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र संवैधानिक इजलासले उक्त पत्र दिनुको कारणबारे जवाफ माग गरेका थिए ।
संसद सचिवालय स्रोतका अनुसार गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गर्दै लिखित जवाफ पठाएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. सीके राउतद्वारा संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता
संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्रीको नेतृत्वमा तीन सदस्यीय समिति गठन
संसद् सचिवालयका कर्मचारीको मागबारे सभामुख निवासमा छलफल