काठमाडौं । सरकारले कर्मचारीको माग सम्बोधनका लागि भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितका शीर्ष नेतासँग छलफल गरेपछि आइतवार बिहान तीन सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेका छन् । उक्त समितिले कर्मचारीको उपयुक्त मागको विषयमा छलफल गरी सरकारलाई सुझाव दिनेछ ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा सभामुखसहित शीर्ष नेतासँग छलफल गरेको जानकारी यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएका थिए ।
सबै माग पूरा हुने अवस्था नरहे पनि जायज मागका विषयमा सरकार र सभामुख घिमिरेले सकारात्मक धारणा राखेको जानकारी आचार्यले दिए । छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानूनमन्त्री गिरी, संसद् सचिवालयका महासचिवसहित सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् सचिवालयका कर्मचारीको मागबारे सभामुख निवासमा छलफल