जलेश्वर । प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्थ वैष्णवले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा लक्ष्मीनारायण मठबाट आज बिहान पक्राउ गरिएको हो ।
महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्थलाई पक्राउ गरिएको हो ।
सरकारी हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ गरिएको महन्थलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पंगेनीले बताए । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आशिका तामाङ पक्राउ
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौँबाट अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ
क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठग्ने युवक पक्राउ
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ