१५ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

शनिबार, ०२ पुस २०७९, १९ : ५९
१५ वर्षीया किशोरी बलात्कृत

बर्दिया। बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस