काठमाडौँ । भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ। भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको त्यहाँस्थित सञ्चार माध्ययमले जनाएका छन्।
सञ्चार माध्ययमका अनुसारल थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु हुनेको संख्या ४३ पुगेको हो।यस्तै, सो क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेको पाइएको छ।
भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट
बिहारमा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु
प्रहरीले सर्लाहीमा नष्ट गर्यो अवैध घरेलु मदिरा
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध