काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि रावलले आपत्ति जनाएका हुन् ।
‘सरकारमा सहभागी दलहरुले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो ।’
जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउन काम भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा
३१ पानामा ओलीको आलोचना, एक पानामा आफ्नो योजना (पूर्णपाठ)