धनगढी। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ। शनिबार पार्टीले विभिन्न प्रदेशका सासंदहरू टुंगो लगाएको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम नवनिर्वाचित प्रदेश सभा सासंद लक्ष्मणकिशोर थारूले जानकारी दिए।
जसमा सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सासंद बनाउने निर्णय गरेको छ। मधेस प्रदेशमा बाराबाट रामचन्द्र चौधरी, लुम्बिनी प्रदेशमा बाँकेकी नोरीकुमारी चौधरी र निर्मला चौधरी र रुपन्देहीबाट कुमारी चौधरीको नाम टुंगो लागेको हो।
प्रदेश सभामा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ती पार्टीले लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ।१२ महिना अघि रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा तर्फ तीन र एक सिट स्वतन्त्र गरी चार सिट जितेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश