काठमाडौँ । रेशम चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी हुने बताएको छ।
शुक्रबार काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिएका छन्।
साथै बैठकले पार्टीबाट निर्वाचित सांसदले पारिश्रमिकको ५० प्रतिशत लेबि बुझाउने निर्णय पनि गरेको छ। पार्टीले यही वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टिकापुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, बर्दिया क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरी आफ्नै बुहारी रन्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश