काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो ।
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ ।
पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरी छनोट भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश