काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए ।
आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसअघि पनि जबराले आफू सर्वाेच्च जान लागेकाे भनेपछि बारले विराेध जनाएकाे थियाे । उनले संसद् सचिवालयबाट महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र पाएकाले अब के गर्ने भनेर बारकाे बैठक बसेकाे हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ बुँदे माग राख्दै नेपाल बारले थाल्यो विरोध अभियान