नेपाल बारमा सत्तापक्ष र विपक्षीबीच मोर्चाबन्दी

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०८१, १५ : ३१
नेपाल बारमा सत्तापक्ष र विपक्षीबीच मोर्चाबन्दी

काठमाडौँ । अबका चुनाव एक्ला एक्लै लड्ने भनेर घोषणा गरेका सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबीच नेपाल बार एसोसिएसनको निर्वाचनमा गठबन्धन भएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गरेर जितेका काँग्रेस र एमालेले नेपाल बारमा पनि गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका हुन् ।काँग्रेस एमाले गठबन्धनबाट अध्यक्षमा विजय मिश्र र महासचिवमा केदार कोइरालाले उम्मेदवारी मनोनयन गरेका छन् । मिश्र काँग्रेस र कोइराला एमालेनिकट हुन् ।

त्यस्तै सत्ता गठबन्धनविरुद्ध माओवादी केन्द्र र रास्वपा निकट वकिलले पनि गठबन्धन गरेका छन् । विपक्षी गठबन्धनबाट अध्यक्षमा माओवादीका रमन श्रेष्ठ र महासचिवमा रास्वपाका यज्ञमणी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल बारको निर्वाचन आगामी चैत २३ गते हुँदैछ । यसअघि उच्च बार पाटनदेखि बार काउन्सिलको निर्वाचनसम्म मिलेर लडेका एमाले र माओवादीनिकट वकिलहरू नेपाल बारको निर्वाचनमा भने फरक कित्तामा पुगेका छन् ।

एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएबीच नेपाल बारमा पनि गठबन्धन गरेर जाने सहमति यसअघि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस