चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँचवटा सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकार भित्र रहेका तीन वटा र क्षेत्राधिकार बाहिर रहेका दुईवटा सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकार भित्र रहेको चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बहुमुखी उपभोक्ता सहकारी संस्थामा समस्या देखिएको छ । सनराईज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उनले जानकारी दिए । यस्तै प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको साहारा बहुउद्धेश्यीय सहकारी र सहकारी विभागको क्षेत्राधिकार भित्र रहेको शुक्रपथ बहुउद्धेश्यीय सहकारीमा पनि समस्यामा परेको छ ।
महानगरको क्षेत्राधिकार भित्र रहेका सहकारीहरु सनराइज वचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाईए पछि छानविन सुरु गरेको पौडेलले बताए । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताहरुको बचत असुलीका लागि आवश्यक सहजीकरण भईरहेको बताए ।
उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाईएको छ । यस सहकारीमा ३ हजार ५ सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको पौडेलले जानकारी दिए । यस सहकारीले ३ स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोवार गर्दै आएको थियो ।
यस्तै चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्थामा २ हजार २ सय शेयर सदस्य रहेका छन् । आर्थिक तरलता देखिएपछि सहकारीले आबश्यकता अनुसार वचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताउनुभयो । सहकारीका सञ्चालक वचतकर्ताको सम्पर्कमा रहेका छन् । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ ।
समाज कल्याण बहुमुखी उपचोक्ता सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोवार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको छ । जसले दुईवटा सेवा केन्द्रको अनुमती लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताए । सहकारीले आबश्यकता हेरेर वचतकर्ताको रकम फिर्ता गरिरहेको छ । सञ्चालकहरु कचतकर्ता र शेयर सदस्यको सम्पर्कमा रहेको उहाँले जानकारी दिए ।
प्रदेश र सहकारी बिभागको क्षेत्राधिकार भित्र रहेका दुई सहकारीको बिवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति वचत कर्ता प्रभावित भए भन्ने बिषयमा जानकारी नभएको उनले बताए ।
तरलताको अभावका कारण वचतकर्ताहरुलाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारीहरुले साधारण सभा मार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् ।
महानगरमा हाल ३५४ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती मध्ये ४८ वटा सहकारी संस्था निस्क्रिय रहेको उनले बताए ।
–––
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० मंसिर २०७९, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरण : थुनछेक बहस कहाँ पुग्यो ?
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै
६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
आन्दोलनले सहकारीपीडित त्रसित
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने, नतिरे सम्पत्ति रोक्का र कालोसूची