राप्ती नदीमा डुब्दा २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, ११ : ४०
राप्ती नदीमा डुब्दा २ जनाको मृत्यु

काठमाडौं । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो।

उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताए।

शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ।