बारा। बाराको क्षेत्र नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका एकवाल मियाँलाई ६ हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले २० हजार २ सय ९१ मत पाए । मियाँले १३ हजार ८ सय ६३ मत ल्याए ।किसानको यो जितलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई नेकपा एमालेका तर्फबाट हराउँदै संसदमा इन्ट्री गरेका किसानले यसपटक तनहुँमा टिकट नपाउने भएपछि बारा ४लाई रोजेका थिए ।नयाँ क्षेत्रमा पनि किसानले सहज जित हासिल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, २० : ०५
लेखकबाट थप