काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् ।
उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो ।
रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा