जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फजाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जिप दुर्घटनामा परेकाे हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको हो । दुर्घटना परि घाइते भएकाहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याईदै गरेकाे प्रहरीकाे भनाइ छ । उनका अनुसार तीनजना प्रहरी एक मतदान अधिकृत, एक साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् ।
दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदlप्रसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुई जना सकुशल रहेको र ६ जना घाइते भएका हुन् । घाइतेलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते