दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्।
नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ।
घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्। यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो। घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको शाहीले बताए।
सो क्षेत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते