बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताएका छन्।
ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गरेका छन् ।
‘देशलाई समस्याबाट मुक्त गर्नका लागि, परेका अप्ठ्यारा र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो’, उनले भने, ‘दलका शीर्षनेताहरूले गठबन्धनको कुशलतापूर्वक अगुवाइ गरिरहनुभएको छ, यसमा हामी सबै प्रतिबद्ध छौँ ।’
मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सत्ता गठबन्धनले नै जित्ने दाबी गरे । उनी बागलुङ–२ बाट प्रनिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनी विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा
रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई
विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन गर्ने शिक्षामन्त्रीको पहिलो निर्णय
तोकिएको समयमा परीक्षा सञ्चालन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ