काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा खतिवडा पक्राउ परेका थिए।
घुसबापतको रकम पाँच हजार मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार ६ सय रुपैयाँ भेटिएको थियो।
पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायत विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हीरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्षा उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध २० लाख ७५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रमलाई भ्रष्टाचार मुद्दामा सफाइ
भ्रष्टाचार मुद्दामा धमाधम फैसला
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने