एजेन्सी । रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई २–० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीका ज्याक गे्रअलिस र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीले घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै गोल गर्न सफल भयो ।
दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे । यससँगै सिटीले खेलको ५३ औं मिनेटमा अग्रता लियो । अल्भारेजले ५८ औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो ।
आठ पटकको च्याम्पियन पेप ग्वार्डिओलाको सिटीले तेस्रो चरणमा अहिले सम्म पराजित हुनु परेको छैन । पहिलो हाफमा क्रिस्टियन पुलिसिकले दुई मौका गुमाउँदा चेल्सी हारमा बाध्य भयो । दोस्रो हाफमा समेत चेल्सी भाग्यमानी रहन सकेन । दोस्रो हाफमा सिटीका पूर्व खेलाडी रहिम स्टर्लिङ मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरेलु मैदानमा चेल्सीको रोमाञ्चक जीत
मिडल्सब्रोको पोस्टमा चेल्सीको ६ गोल