बारा । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन ।बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुँदैन भन्नेहरुले समेत मंसिर ४ गते भोट हाल्न पाउने बताए ।
कांग्रेस अन्य दलका नेता जस्तो धेरै नबोली थोरै बोल्ने र प्रचार नचाहने पार्टी भएको बताउँदै महतले पार्टी सभापति शेर बहादुर देउवाले जम्मा ५ मिनेट बोल्ने र ओली जस्तो धेरै बोल्ने नभई काम गर्ने गरेको भए पनि कांग्रेसले आफैंले गरेको कामको प्रचार नगर्ने तर अरु गर्ने गर्दा कांग्रेसको चर्चा बढि नभएको बताए।
४ क्षेत्रको बारामा १ बाहेक तीन क्षेत्र गठबन्धनलाई छाडेकाले गठबन्धनका उम्मेदवार नै कांग्रेसका आधिकारिक उम्मेदवार भएकाले दायाँबायाँ नगरी मत दिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अहिले देशभरी नै गठबन्धन भएकोले बारा–४ मा उम्मेदवार छैन् भनेर दुःख मान्नुपर्ने अवस्था नरहेकोले किसान श्रेष्ठ, जितेन्द्र सोनाल र अनिल श्रेष्ठनै कांग्रेसको उम्मेदवार भएकोले खुलेर सहयोग गर्नुपर्छ ।’
प्रवक्ता महतले समानुपातिक निर्वाचनतर्फ भने कांग्रेसको रुख चिन्हमा नै मतदान गर्न नेता कार्यकर्तालाई आग्रह गरे । एमालेले जनतालाई ललिपप देखाएर फकाउने गरेको भन्दै महतले एमालेले धेरै सपना देखाएको तर एउटै काम पुरा नगरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत
आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री