एजेन्सी । सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भएसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।
जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।
“अहिलेसम्म पेश गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’, डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भने ।
‘गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् ।’ उनले थपे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ कार्तिक २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
गर्मी अत्यधिक बढेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
तराईमा केहीदिन अत्यधिक गर्मी हुने