एजेन्सी । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो। अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई “आक्रामक र उत्तेजक“ भनेर वर्णन गरेको छ।
उत्तर कोरियाका यी प्रक्षेपणहरू आणविक परीक्षणमा परिणत हुन सक्ने चिन्ता व्यक्त गर्दै अमेरिका र दक्षिण कोरियाले आफ्नो सैन्य अभ्यास शनिबार पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० कार्तिक २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा
दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया
२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन