लमजुङमा नगदसहित ३८ जुवाडे पक्राउ

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, १७ : ५२
लमजुङमा नगदसहित ३८ जुवाडे पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार एक सय २५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडलाई पक्राउ गरेको हो । 

प्रहरीले बेसीशहर नगरपालिका(११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा९कौडा० खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । 

पक्राउ पर्ने सबै बेसीशहर नगरपालिका(११ का छन्  । यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका(१ कुन्छाका रामबहादुर दुराले जुवा (कौडा) खेलाउदै गरेको अबस्थामा रामबहादुर दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको डिएसपी श्रीमलले बताए । पक्राउ परेका  १२ जना सुन्दरबजार नगरपालिकाका रहेका छन् भने एक जना तनहुँका छन् । 

प्रतिक्रिया दिनुहोस