काठमाडौं । उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ । मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन ।
उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुने बीबीसीले जनाएको छ । जापानका अधिकारीहरुले सुरुमा उत्तर कोरियाको क्षेप्यास्त्र जापान माथिबाट उडेको बताएका थिए । तर रक्षामन्त्री यासुकाजु हमादाले भने जापानी द्वीप समूह पार नगरेको र जापानको सागरमा हराएको बताएका छन् ।
उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो । यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ कार्तिक २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा
दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया
२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन