काठमाडौं । नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपीजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन् । बुधबार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताए ।
उनले सन् २०१६ मा गठित ईपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताए । उनले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताए ।
उनले भने, ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ । यद्यपी यो प्रतिवेदन थियो । उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपथ्र्यो प्रतिवेदन बुझेर त्यो काम भारतिय पक्षबाट भएको छैन ।’
उनेल थपे, ‘हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कुटनीतिक माध्यमबाट यी विषयहरु उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ । र नेपालको तर्फबाट हामी त्यो भुमिका खेल्नेछौँ ।’
उनले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर प्रतिवेदनका कुराहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १५ : ४७
लेखकबाट थप