काठमाडौं । काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत