प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १७ : १५
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि पार्किन्सनजस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित दाहालको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

सीताको स्वास्थ्यमा समस्या आएपछि पार्टीको कार्यक्रमसमेत प्रचण्ड स्थगित गरेका छन् । सीताको स्वास्थ्यमा ख्याल गर्नुपरेपछि पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्ड अनुपस्थित भएका छन् ।

तर, दाहालको पारिवारिक स्रोतले भने नियमित चेकअपअनुसार दाहाललाई अस्पताल लगिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस