स्याङ्जा । गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उनले जानकारी दिए । “सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो”, सूचना अधिकारी पौडेलले भने, “यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्यौं तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।
”खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ असोज २०७९, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते
बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार