एजेन्सी । म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्महरूमा तस्बिरहरू पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ । एक मोडल र पूर्वडाक्टर नाङ म्वे सानलाई दुई साताअघि ‘संस्कृति र मर्यादालाई हानी पु¥याउने’ अभियोग लगाइएको सैन्य अधिकारीहरूले बताए ।
यसअघि सन् २०२१ मा कुद्वारा सत्ता कब्जा गर्ने सेनाविरुद्धको विरोध प्रदर्शनमा पनि उनले भाग लिएकी थिइन्। उनी अन्लीफ्यान्स सामग्रीका कारण जेलमा पर्ने म्यानमारमा पहिलो व्यक्ति हुन् ।
नाङ म्वे सानलाई देशको इलेक्ट्रोनिक्स कारोबार कानूनको धारा ३३ (ए) अन्तर्गत नग्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शुल्क लिएर वितरण गरेकोमा दोषी ठहर गरिएको थियो । यस कानुनअन्तर्गत दोषि ठहर भएमा अधिकतम सात वर्षको सजाय हुन्छ ।
सामाजिक सञ्जालमा विरोध प्रदर्शनमा सहभागी भएको तस्विर पोष्ट गर्ने अर्की मोडललाई पनि यही कानूनअन्तर्गत अगस्टमा पक्राउ गरिएको थियो । थिन्जर विन्ट क्वामाथि अक्टोबरमा कानुनी सोधपुछ हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ असोज २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु