सामाजिक सेवाबाट समाजमा ठूलाे रूपान्तरण ल्याउन सकिन्छ: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, ११ : ५२
सामाजिक सेवाबाट समाजमा ठूलाे रूपान्तरण ल्याउन सकिन्छ: प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन्। बिहीवार काठमाडौँ समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रूपान्तरण ल्याउन सकिने बताए।सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको उनकाे भनाइ छ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिन्छ। सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिनेछ। आजको दिन हामी सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हीत, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले अझ समर्पित रही काम गर्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने दिन हो। गैरसरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी हामीले हाम्रा नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक छ। १५ औँ योजनामा उल्लेखित सामाजिक विकाससम्बन्धी उद्देश्य र दिगो विकाससम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैरसरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक छ।’

उनले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुृखी श्रमसीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्न सके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्नेमा जाेड दिए।

 

प्रतिक्रिया दिनुहोस