काठमाडौं । एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० जना पुरुष छन् भने १ हजार ८३ जना महिला रहेका छन् । उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन् । त्यस्तै १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।
साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा १० हजार ६४२ जना बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन् । भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । जसमा ६८ हजार ८८४ पुरुष र ७ हजार ५१९ महिला रहेका छन् । भदौ महिनामा १३ जना उच्च दक्ष जनशक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै १४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्ध दक्ष जनशक्ति, ४६ हजार ६९ जना दक्ष जनशक्ति र २५ हजार ८३ जना अदक्ष जनशक्ति रहेका छन् ।
साउनमा ३५ हजार ६०५ जना नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । भने ६३ हजार ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण
अब १ घण्टाभित्र श्रम स्वीकृति दिन्छौँ : मन्त्री अर्याल
एक घण्टामा श्रम स्वीकृति दिन नसकिने
८ महिनामा ४ लाख ७१ हजार श्रम स्वीकृति